मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित – Nepal Press

मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित

काठमाडौं । कतार फिफा विश्वकप-२०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलसँगै भेनेजुएलामाथि ३ ० अन्तरको सानदार जित निकालेको छ ।

शनिबार बिहान घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे ।

अर्जेन्टिनाले घरेलु दर्शक माझ पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । ३४औं मिनेटमा निकोलस गोन्जालेजको गोलसंगै अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनायो । ७९औं मिनेटमा डि मारियाले गोल गरे ।

८२औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनाको सानदार जित निकाले । जितपछि अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा छ । अर्जेन्टिना भने यसअघिनै विश्वकपमा स्थान बनाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर