स्वास्थ्यमन्त्री समक्ष ट्रेड युनियन वीर अस्पतालका ४४ बुँदे माग – Nepal Press

स्वास्थ्यमन्त्री समक्ष ट्रेड युनियन वीर अस्पतालका ४४ बुँदे माग

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी ट्रेड युनियन वीर अस्पतालले ४४ बुँदे माग सम्बोधन गर्न  स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार मन्त्रालयमा युनियनले ज्ञापन पत्र बुझाउँदै वर्तमान पदाधिकारीहरूले प्रतिष्ठानको समग्र सुधार सेवाग्राहीको समस्या समाधान र कर्मचारी वृत्ति विकासमा स्पष्ट र नीतिगत कार्यहरू नगरेकाले तत्काल ४१ बुँदे माग सम्बोधन गर्न मन्त्री खतिवडालाई आग्रह गरेका हुन् ।

युनियनले लामो समयदेखि प्रतिष्ठान पदाधिकारी समक्ष अस्पताल सुधार र कर्मचारी हकहितको लागि आवाज उठाए  पनि प्रतिष्ठान पदाधिकारीले कुनै सुनुवाइ नगरेकाले  प्रतिष्ठानको कुलपति एवं प्रधानमन्त्री, सहकुलपति तथा स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव समक्ष ज्ञापन पत्र पेस गर्नु परेको युनियनका सचिव दीपक मुडभरीले बताए ।

ज्ञापन पत्र बुझ्दै मन्त्री एवं सहकुलपति खतिवडाले तत्काल पुरा हुने मागलाई प्रतिष्ठान पदाधिकारीलाई निर्देशन दिने र नीतिगत कुरामा प्रतिष्ठान सभामा लैजाने बताए ।

युनियनले  प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापन पत्र बुझाइसकेका छन् ।

उनीहरूले स्वायत्त  प्रतिष्ठान ऐन को कार्यान्वयन,प्रतिष्ठान सभाको माग,  दीक्षान्त समारोह, प्रतिष्ठान  सेवा आयोग गठन,  प्रतिष्ठान सेवा तर्फको ओएनएम सर्वे, नयाँ सर्किजल भवनमा  कम्तीमा १०० बेड आइसियुसहित पूर्ण रूपमा सञ्चालन, दुवाकोट परियोजना निर्माण कार्यमा तीव्रता, बिग्रिएको उपकरण मर्मत र सञ्चालन, आकस्मिक सेवा बिस्तार र गुणस्तरीयता ,रेडियोलोजी  ,सर्जरी लगायतको  माग राखेका छन् ।

यसै गरी आइसियु सेवा  छिटो छरितो, र गुणस्तरीय बनाउन निर्देशन र अनुगमन, शिक्षक तथा कर्मचारी वृद्धि विकास र स्तर वृद्धि, प्रतिष्ठान सेवाको शिक्षक तथा कर्मचारीलाई  जिम्मेवारी दिँदा समानता, ट्रमा सेन्टर तथा कर्मचारी समन्धमा सर्वोच्च अदालतको आदेशको कार्यान्वयन, सेवा बिस्तार भत्ता, उपदान कोष सञ्चालन, ऐनेस्थेसिया तथा प्याथोलोजि भत्तामा समानता लगायतका मागहरू कार्यान्वयन  गराउन  प्रतिष्ठान पदाधिकारीलाई निर्देशन दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *