सनराइज बैंकद्वारा मधेस प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन – Nepal Press

सनराइज बैंकद्वारा मधेस प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । विश्वव्यापी रूपमा मनाईंदै आएको ग्लोबल मनी सप्ताह सनराइज बैंकले पनि प्रदेश २ मा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

राजविराज, लहान र गौरमा बैंकले उक्त कार्यक्रम गरेको हो ।

एनबीआईसँग सहकार्य गरी आयोजना गरिएको उक्त कार्यक्रममा नेशनल बैंकिङ्ग इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरू सहभागी भई साक्षरता प्रदान गरेका थिए ।

वित्तीय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी बनाउन बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव समेत गौरको कार्यक्रममा सहभागी थियो । उनले वित्तीय साक्षरताको महत्त्व पैसाको प्रयोग र उपयोगिता बारे सहभागीहरूलाई साक्षर हुन आग्रह गरे ।

१ सय जनाभन्दा बढी स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सतर्कता सुरक्षित रेमिटेन्स प्रणाली, लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो ।

सनराइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरूले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस् भनेर कार्यक्रम गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *