पीएनजीविरुद्ध कीर्तिमानी लक्ष्य पछ्याइरहेको नेपाल संकटमा – Nepal Press

पीएनजीविरुद्ध कीर्तिमानी लक्ष्य पछ्याइरहेको नेपाल संकटमा

काठमाडौं । जारी पपुवा न्युगिनि (पीएनजी) विरुद्धको एकदिवशीय खेलमा नेपालले ब्याटिङमा खराब सुरुवात गरेको छ ।
दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रि क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले १५ ओभरको समाप्तीमा ४ विकेट गुमाएर ८१ रन जोडेको छ।
ओपनर कुशल भुर्तेल ३२ रन बनाएर पभेलियन फर्किएका थिए । त्यसपछि अनिल शाहले ६ रन मात्र बनाउन सफल भए । आजकै खेलबाट डेब्यु गरेका देव खनाल शून्यमा आउट भए । यस्तै दीपेन्द्र सिंह ऐरीले १५ रनको मात्र योगदान गरे ।
पीएनजीका नोरमान भाउनले २ विकेट लिए भने नोसाइना पोकाना र काल्स अमिनिले समान एक-एक विकेट लिए ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन जोड्यो। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनैपनि टोलीले नेपालविरुद्ध बनाएको यो अहिलेसम्मकै सबैभन्दा बढी रन हो ।
पीएनजीका चार्ल्स अमिनीले ७७, कप्तान असाद भालाले ६०, टोनी उराले ३८, रिले हाकुरेले ३१ र नर्मन भानुआले ४७ रन बनाए। नेपालका सोमपाल कामी, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले २र२ तथा सन्दीप लामिछाने र पवन सर्राफले एक एक विकेट हात पारे ।
२१ रन जोड्दा पहिलो विकेट गुमाएको पीएनजीले दोस्रो विकेटका लागि ४९, तेस्रो विकेटका लागि ७४ र पाचौँ विकेटका लागि ६१ रनको साझेदारी गरेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर