बैंकिङ कसुर मुद्दामा फरार थापा पक्राउ
नेपाल प्रेस
२०७८ चैत ११ गते १४:४६
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ ८ स्थायी घर भई बारा जितपुर सिमरा २ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापा रहेका छन् ।
थापाले एक करोड २५ लाखको बिगो दाखिला नगरी फरार भएकोले मंसिर २० गते काठमाडौं जिल्ला अदालतबाट १ वर्ष कैद सजाय सुनाइएको थियो ।
उनलाई चैत्र १० गते महाशाखाबाट खटिएको टोलीले बारा जितपुर सिमरा ४ बाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अहिले उनलाई फैसलाका लागि काठमाडौं जिल्ला अदालत पेस गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर