बीमा समितिले बढायो कम्पनीहरुको चुक्ता पुँजी, अब जीवन र निर्जीवन कति हुनुपर्छ ? – Nepal Press

बीमा समितिले बढायो कम्पनीहरुको चुक्ता पुँजी, अब जीवन र निर्जीवन कति हुनुपर्छ ?

काठमाडौं । लामो समयको छलफलपछि बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । आज बसेको समिति सञ्चालक समितिको बैठकले जीवन र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ ।

जीवन बीमा गर्ने कम्पनीहरुले ५ अर्ब पुँजी पुर्‍यानु पर्ने छ । भने, निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ पुँजी पुर्‍याउनु पर्ने नयाँ व्यवस्था लागू भएको छ । पुँजी वृद्धि आगमी चैत मसान्तभित्र गर्नु पर्ने छ ।

अहिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *