थाइल्यान्डसँग नेपाल पराजित – Nepal Press

थाइल्यान्डसँग नेपाल पराजित

काठमाडौं । थाइल्यान्डविरुद्धको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाल २-० गोलको नतिजामा पराजित भएको छ । चोनबुरी स्टेडियममा भएको खेलमा थाईल्यानडको जितमा फिलिप रोलर चावोट विराचार्टले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी सकिएको खेलको ७८ मिनेटमा फिलिपले गोल गर्दै थाईल्याज्डलाई अग्रता दिलाएका थिए । यस्तै, चावोटले ८९औं मिनेटमा अग्रता दोब्बर पारे । त्यसपछि निर्धारित समयसम्मपनि थप गोल हुन सकेन ।

यसै खेल मार्फत प्रशान्त अवस्थिले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । उनी खेलको ७१औं मिनेटमा दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

गत माघमा दशरथ रंगाशालामा सम्पन्न मोरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्णमा टोलीमा परेपनि उनले डेब्यु गर्ने अवसर पाएका थिएनन् ।

फिफा वरियतामा नेपालभन्दा धेरै माथि रहेको थाइल्यान्डसँग नेपालले अन्तिम पटक सन् २००८ प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ७-० को नतिजमा पराजित भएको थियो ।

हाल नेपाल फिफा वरियताको १ सय ६७ औं स्थानमा छ भने थाइल्यान्ड ११२ औं स्थानमा रहेको छ ।

दुवै टोलीका लागि यो खेल एएफसी एसीया कप २०२३ छनोट तेस्रो चरणको तयारिको रुपमा रहेको छ । नेपाल एएपसी कप छनोटको समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपालसँगै जोर्डन , कुवेत र इन्डोनेसिया रहेका छन् ।

यस्तै, थाइल्यान्ड समूह ‘सी’ मा रहेको छ । थाइल्यान्डसँगै समूह ‘सी’ मा माल्दिभ्स, श्रीलंका र उज्बेकिस्तान छन् । थाइल्यान्डसँगको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर