कुलमानले भने- संकट छ तर लोडसेडिङ गर्दैनौं (भिडिओ) – Nepal Press

कुलमानले भने- संकट छ तर लोडसेडिङ गर्दैनौं (भिडिओ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत क्षेत्रमा ठूलो संकट उत्पन्न भएको भए पनि लोडसेडिङ नहुने प्रत्याभूति गरेका छन् । यो संकट लामो समय नरहने भन्दै लोडसेडिङको ‘मिस इन्फर्मेसन’ नदिन मिडियालाई आग्रह गरे ।

आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘यो कहिलेकाहीँ उत्पन्न हुने संकट हो । ग्लोबल क्राइसिसका कारण नेपाललाई पनि अलिकति असर परेको छ । तर, हामी कुनै हालतमा लोडसेडिङ गराउँदैनौं । हामी अरु देशभन्दा राम्रो अवस्थामा छौं ।’

कुलमानले प्राधिकरणले विजुलीको मूल्य नबढाउने बताए । प्राधिकरणले महंगोमा किने पनि पुरानै मूल्यमा उपभोक्तालाई बिक्री गर्ने उनको भनाइ छ ।

यो संकट बढीमा डेढ महिना चल्ने उनले अनुमान गरे । त्यसपछि आफ्नै विजुली पर्याप्त हुने घिसिङले बताए । ‘वर्षभरिको औसत गर्दा हामीलाई धेरै ठूलो असर पर्दैन भन्ने आशा छ,’ उनले भने, ‘हामीलाई दुई-तीन सय मेगावाटको माग हो । त्यो व्यवस्थापन गर्न सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *