प्राधिकरणलाई दैनिक २२ करोड भार थपियो, दिर्घकालमा धान्न सक्दैनौंः कुलमान (भिडिओ) – Nepal Press

प्राधिकरणलाई दैनिक २२ करोड भार थपियो, दिर्घकालमा धान्न सक्दैनौंः कुलमान (भिडिओ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०-२२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिएको बताएका छन् । यही मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने उनले स्पष्ट पाए ।

आज प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले एक हप्ताका लागि महंगो मूल्यमा बिजुलीको जोहो गरिएको जानकारी दिए । उनले उद्योगीहरूलाई पनि यो संकटका बेला सहयोग गर्न आग्रह गरे ।

घिसिङले भने, ‘एक हप्ताका लागि उच्च मूल्यमा भए पनि जोहो गरेका छौं । लामो समय यसलाई जारी राख्न सकिँदैन । यस विषयमा उद्योगी र अर्थमन्त्रीसँग पनि छलफल गरिसकेको छु । सकारात्मक कुराकानी भएको छ ।’

१५–२० वर्षपछि ठूलो संकट उत्पन्न भएको तर लोडसेडिङ नहुने घिसिङले दाबी गरेका छन् ।

उनले भने, ‘अरु देशहरुले लोडसेडिङ गरिरहेका छन् तर, हामी गर्दैनौं । हामी अरुभन्दा राम्रो अवस्थामा छौं । घाटाको अवस्थामा सरकारले पनि हेर्छ होला । हामीले अनुरोध गरेका छौं । उद्योगी साथीहरुलाई पनि योगदानका लागि अनुरोध गरेका छौं ।’

उनले भारतसँगको द्विपक्षीय सम्झौतामा के गर्न सकिन्छ भनेर अर्थमन्त्रीले होमवर्क गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *