राष्ट्रिय क्रिकेट टिमबाट सिंगै पुस्ता ‘ड्रप’ – Nepal Press

राष्ट्रिय क्रिकेट टिमबाट सिंगै पुस्ता ‘ड्रप’

काठमाडौं । नेपाली क्रिकेटको इतिहास कोट्याउने हो भने पारस खड्काको इन्ट्रीलाई एउटा टर्निङ प्वाइन्ट मान्न सकिन्छ । पारससँगै उनको पुस्ताका केही खेलाडीहरूले लामो समय राष्ट्रिय टिमबाट योगदान दिए र दिइरहेका छन् ।

विगतमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरसहितको मध्यक्रमलाई नेपाली ब्याटिङको मेरुदण्ड मान्ने गरिन्थ्यो । उनीहरूबिना नेपाली ब्याटिङ कस्तो होला भन्ने चिन्ता थियो । अहिले एकाएक यस्तो अवस्था आएको छ कि यी तीनै खेलाडीहरू राष्ट्रिय टिममा एकैपटक अनुपस्थित छन् । यो पहिलोपटक भएको हो ।

पारसले राष्ट्रिय टिमबाट पहिल्यै सन्न्यास लिइसकेका थिए । त्यसैले उनलाई बिर्सेर अघि बढ्नुको विकल्प छैन । तर, अनुभवी खेलाडीहरू ज्ञानेन्द्र र शरदले पनि पपुवा न्यूगिनीविरुद्धको श्रृंखलाका लागि घोषित टोलीमा स्थान बनाउन सकेनन् । खराब फर्मबाट जुझ्दै आएका उनीहरूलाई क्यानको छनोटसमितिले विश्राम दिएको छ । ज्ञानेन्द्र र शरदसँगै अर्का अनुभवि खेलाडी विनोद भण्डारी पनि टिमबाहिर भएका छन् । यसप्रकार एउटा सिंगो पुस्ता राष्ट्रिय टिमबाट तत्कालका लागि हटेको छ र युवा खेलाडीहरूको काँधमा जिम्मेवारी थपिएको छ ।

शरद र विनोद टिममा नहुनु स्वभाविक थिएन । उनीहरूले राष्ट्रिय टिमबाट गतिलो योगदान नदिएको धेरै भइसकेको छ । ज्ञानेन्द्रको अनुपस्थिति भने एक हदसम्म आश्चर्यजनक हो । हाल उनी आफ्नो उत्कृष्ट फर्ममा नभए पनि कुनै पनि खेलमा फर्म फर्काउन सक्ने क्षमता भएका खेलाडी हुन् । क्रिजमा टिकेर खेल्न सक्ने अनुभवी खेलाडी पनि टिममा चाहिन्छ । त्यो नेपाललाई खट्किन सक्छ । यद्यपि, यो श्रृंखलालाई हेरेर भविष्यमा उनले राष्ट्रिय टिममा पक्कै पुनरागमन गर्न सक्ने आशा छ ।

नेपाली क्रिकेटमा एउटा पुस्ताले लामो समय खेलेको थियो जसलाई ‘गोल्डेन जेनेरेसन’ पनि भन्ने गरिन्छ । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेपछि त्यो पुस्ताका खेलाडीहरू क्रमश बाहिरिरहेका छन् । शक्ति गौचन र पारस खड्काले सन्याश लिएका थिए भने बसन्त रेग्मी टिममा पर्न छाडे । यद्यपि, उनले सन्यास घोषणा गरेका छैनन् ।

घरेलु मैदानमा केही दिनपछि सुरू हुने दुईदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला र त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि पुरानो पुस्ताका कुनै पनि खेलाडीहरू समावेश छैनन् । हालै यूएईमा भएको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि ज्ञानेन्द्र र विनोद नेपाली टोलीमा थिए । टी-२० विश्वकपको विश्वस्तरको छनोटमा समेटिएका शरदले यूएई भ्रमण भने गर्न सकेका थिएनन् । पुराना पुस्ताका खेलाडीमध्ये ज्ञानेन्द्र र शरद सबैभन्दा अनुभवी सदस्य थिए ।

नेपाली क्रिकेटमा एउटा पुस्ताले लामो समय खेलेको थियो जसलाई ‘गोल्डेन जेनेरेसन’ पनि भन्ने गरिन्छ । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेपछि त्यो पुस्ताका खेलाडीहरू क्रमश बाहिरिरहेका छन् । शक्ति गौचन र पारस खड्काले सन्याश लिएका थिए भने बसन्त रेग्मी टिममा पर्न छाडे । यद्यपि, उनले सन्यास घोषणा गरेका छैनन् ।

शक्तिले सन् २००२ मा, पारस र शरदले सन् २००४ र बसन्तले सन् २००६ मा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेको हुन् । पारसले सन् २०२१ को अगष्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । विनोदले अलिपछि सन् २००९ मा सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् ।

अब नेपाली टोलीका सबैभन्दा अनुभवी सदस्यका रूपमा सोमपाल कामी रहेका छन् । सोमपालले सन् २०१४ मा सिनियर राष्ट्रिय टोलीबाट खेलेका थिए । आरिफ शेखले पनि त्यसै वर्ष डेब्यू गरेका हुन् । त्यसको एक वर्षपछि करन केसी र कप्तान सन्दीप लामिछानेले सन् २०१६ मा डेब्यू गरेका हुन् । दीपेन्द्रसिंह ऐरीले सन् २०१७ मा डेब्यू गरेका हुन् । अन्य खेलाडी सिनियर राष्ट्रिय टोलीमा आएको धेरै भएको छैन ।

नेपाली क्रिकेटमा सन् २०१० देखि यताको समयलाई स्वर्णिमकाल मानिन्छ । पारस, ज्ञानेन्द्र, शरद, वसन्त, शक्ति र विनोद नेपाली टोलीका नियमित सदस्यजस्तै थिए । यसबीचमा नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-५ बाट अगाडि बढ्दै वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपसम्म पुगेको थियो । विश्वकपको विश्वस्तरको छनोट खेल्नेदेखि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउनसम्म उनीहरूको योगदान थियो । नेपालले सन् २०१४ मा आईसीसी टी-२० विश्वकप पनि खेलेको थियो ।

अब नेपाली टोलीका सबैभन्दा अनुभवी सदस्यका रूपमा सोमपाल कामी रहेका छन् । सोमपालले सन् २०१४ मा सिनियर राष्ट्रिय टोलीबाट खेलेका थिए । आरिफ शेखले पनि त्यसै वर्ष डेब्यू गरेका हुन् । त्यसको एक वर्षपछि करन केसी र कप्तान सन्दीप लामिछानेले सन् २०१६ मा डेब्यू गरेका हुन् । दीपेन्द्रसिंह ऐरीले सन् २०१७ मा डेब्यू गरेका हुन् । अन्य खेलाडी सिनियर राष्ट्रिय टोलीमा आएको धेरै भएको छैन ।

नेपालसामु यतिबेला महत्वपूर्ण चुनौतीका रूपमा विश्वकप लिग-२ रहेको छ । ७ टोली सहभागी यस प्रतियोगितामा नेपालले १२ खेल खेल्दा १२ अंक जोडेर छैटौँ स्थानमा छ । हरेक टोलीले ३६ खेल खेलिसक्दा शीर्ष तीन स्थानमा रहने टोलीले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउनेछन् । एकदिवसीय अन्तर्राष्ट्रियको मान्यतालाई कायम राख्न कम्तीमा विश्वकपको विश्वस्तरको छनोटमा पुग्नु अनिवार्यजस्तै हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर