बुस्टर डोजले कोभिडको मृत्युदरमा कमी – Nepal Press

बुस्टर डोजले कोभिडको मृत्युदरमा कमी

काठमाडौं । कोभिड १९ विरुद्धमा लगाइएको तीन मात्रा खोप लगाउँदा कोभिडबाट हुने मृत्युको मात्रामा कमी आएको छ । हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको हो ।

हङकङमा उपलब्ध भएका दुई प्रकारका कोभिड खोपमा यस्तो अवस्था देखिएको बताइएको हो । त्यहाँ लगाइएका दुई प्रकारका खोपमा यो अनुसन्धान गरिएको थियो ।
र्
यहाँ लगाइएका सिनोभ्याक र अर्को एक खोपको तीन मात्रा लिएका नागरिकमा ९८ प्रतिशत प्रभावकारिता पाइएको हो । साथै यो खोप लगाएका नागरिकमा गरिएको सो अध्ययन अनुसार खोप नलगाएका नागरिकका तुलनामा खोप लगाएकामा मृत्यु दर ९८ प्रतिशत कम देखिएको पाइएको हो ।

कोभिडका विरुद्धको तीन मात्रा खोप लगाएका ६० वर्ष भन्दा माथिका नागरिकमा सो अनुसन्धान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *