विश्व नम्बर एक टेनिस खेलाडी बार्टीले गरिन् सन्यास घोषणा – Nepal Press

विश्व नम्बर एक टेनिस खेलाडी बार्टीले गरिन् सन्यास घोषणा

काठमाडौं । विश्व नम्बर एक अष्ट्रेलियन टेनिस खेलाडी अस्लेग बार्टीले २५ वर्षको उमेरमा सन्यास घोषणा गरेकी छिन् ।

उनले बुधबार आफ्नो सामाजिक सञ्जालर्फत आफ्ना अरु सपनाहरु पूरा गर्न टेनिसबाट सन्यासको घोषणा गरिन् ।

‘म धेरै खुसी छु र म तयार छु , मलाई यति थाहा छ, यो समयका लागि एक मानव भएर सोच्दा जे गरिरहेकी छु एकदमै सहि छ ।’ उनले भिडियो मार्फत भनेकि छिन् ।

पहिलो पटक २०१९ मा ग्राण्डस्लाम, फ्रेन्च ओपन जितेकी बार्टी गत वर्ष विम्बलडनमा च्याम्पियन बनेपछि विश्व वरियतामा शिर्ष स्थानको खेलाडी बनेकी थिइन् ।

गत जनवरिमा उनी ४४ वर्षपछि अष्ट्रेलियन ओपन पुरुष वा महिला एकल उपाधि जित्ने पहिलो घरेलु खेलाडी बनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर