अब अनलाइनबाटै बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण – Nepal Press

अब अनलाइनबाटै बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण

काठमाडौं । बीमा समितिअन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण डिजिटल माध्यमबाट हुने भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल माध्यम सुभारम्भ गरेका छन् ।

अब बीमा समितिको वार्षिक इजाजत पत्र नवीकरण अनलाइनबाट नै हुने भएको छ । एनसीएचएलको कनेक्टआइपीएस र मोबाईल एप तथा कर्पोरेट पे प्रणालीहरु मार्फत आफ्नो बैंक/वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिने भएको छ ।

विद्युतीय माध्यमबाट नवीकरण शुल्क लगायतका भुक्तानीसम्बन्धी कारोबारहरु नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समय अघि बीमा समितिले एनसीएचएलसँग नेसनल पेमेन्ट स्वीचअन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेससँग जोडिने सम्झौता भएको थियो ।

उक्त सम्झौता अनुरुप पहिलो चरणमा अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र नवीकरणको भुक्तानी सेवा अनलाइनबाट गर्न सकिने भएको छ । भने, पछिल्लो चरणमा समितिका सेवा शुल्क, बीमा कम्पनी दर्ता तथा वार्षिक नवीकरण शुल्क, बीमा सभेर्यर तथा अभिकर्ता दर्ता, प्रमाणपत्र तथा तालिम शुल्क, तलब, भेण्डर भुक्तानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाइएको छ ।

एनसीएचएलमा आवद्ध भुक्तानी सेवा प्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी बिलर गेटवेमा जोडिने कार्य समेत हुदैछ । यसले समितिका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ ।

अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र नवीकरण भुक्तानीको लागि प्रयोगकर्ताले कनेक्टआइपीएसमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी काम गर्न सक्ने छ ।

२०४९ देखि बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकास र नियमन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *