उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा देवकोटा निर्वाचित – Nepal Press

उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा देवकोटा निर्वाचित

जुम्ला । जुम्ला उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेसनिकट पुरिचन्द्र देवकोटा निर्वाचित भएका छन् । देवकोटाले वामपन्थीनिकटका भैरबहादुर कठायतलाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार देवकोटाले २६६ मत प्राप्त गरे भने कठायतले १७९ मत मात्र पाए ।

प्रथम उपाध्यक्ष डम्मरकुमारी खड्का २६३ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नन्दराज धितालले १७० मत प्राप्त गरे।

उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी र कोषाध्यक्षमा देवेन्द्र आचार्य विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *