पीएनजीविरुद्ध नेपाल ७ विकेटले विजयी, आरिफ र कुशलकाे अर्धसतक – Nepal Press
विश्वकप लिग-२ :

पीएनजीविरुद्ध नेपाल ७ विकेटले विजयी, आरिफ र कुशलकाे अर्धसतक

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तरगत नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।

यूएईमा सम्पन्न खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो ।

१७४ रनको विजयी लक्ष्य पाएको नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धसतकीय पारी खेले ।

शेखले १०२ बलमा अविजित ५९ रन बनाए । भुर्तेलले ६४ बलमा ५० रन जोडेका थिए । यस्तै रोहित पौडेलले अविजित ४४ रनको योगदान दिए ।

आसिफ शेख २ रनमा आउट हुँदा दिनेन्द्रसिंह ऐरी शून्य रनमा पेभेलियन फर्किएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पपुपान्यूगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै पिएनजीले १७३ रन बनाएको थियो ।

१२ रनमै ओपनर टोनी उरालाई सोमपाल कामीले र ३३ रनको अवस्थामा अर्का ओपनर लेगा सिकालाई करण केसीले आउट गरेका थिए । पीएनजीका लागि कप्तान असद भालाले धैर्यतापूर्वक ब्याटिङ गर्दै ९६ बलमा ४५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दिप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए । त्यस्तै, करण केसी, दिपेन्द्र ऐरी, आरिफ शेख र पवन सर्राफले १–१ विकेट लिएका छन् ।

आजको खेलमा नेपालको अनुभवि ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल बेञ्चमा थिए । उनको स्थानमा भीम सार्की टिममा समावेश गरिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर