कोरोना अपडेट : ४४ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु – Nepal Press

कोरोना अपडेट : ४४ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ४ सय ९५ पीसीआर परीक्षण गर्दा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

४ सय ८१ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ५ सय ९२ जना निको भएका छन् ।

हाल नेपालमा २ हजार ६ सय ८८ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *