राष्ट्रिय महिला लिग : चन्द्रपुरविरुद्ध आर्मीको १० गोल – Nepal Press

राष्ट्रिय महिला लिग : चन्द्रपुरविरुद्ध आर्मीको १० गोल

काठमाडौं । रश्मि घिसिङ र सर्मिला थापाको चार/चार गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकालाई १०-० को नजितामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको तेस्रो मिनेटमा विमला चौधरीको गोलबाट आर्मीले अग्रता लिएको थियो । चन्द्रपुरको रक्षापंक्तिमाथि हाबी बनेको आर्मीका लागि सर्मिलाले १५औं, ३५औं, ५१औं र ६४औं मिनेटमा गोलगरिन् ।

त्यसअघि सपना लामाले ४४औं मिनेटमा आर्मीका लागि गोल गरेकी थिइन् । आर्मीका लागि अर्की मिडफिल्डर रश्मिले ५९, ६२, ६६ र ८४औं मिनेटमा गोल गरेकी थिइन् । जितसँगै आर्मी ४ खेलबाट ७ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समान खेलबाट ३ अंक जोडेको चन्द्रपुर छैठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर