ग्रीन भेन्चर्सको आईपीओ खुल्यो, कति कित्ता भर्ने ? – Nepal Press

ग्रीन भेन्चर्सको आईपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता आइपीओ ल्याएको हो ।

निष्कासन भएको आईपीओमध्ये पाँच प्रतिशत सामूहिक लगानी कोषलाई र ३ प्रतिशत कर्मचारीलाई सुरक्षित गरिएको छ । भने, बाँकी २८ लाख ७५ हजार कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले चैत ११ गतेसम्म थोरैमा १० कित्तादेखि धेरैमा ५० हजार कित्तासम्मका सेयर आवेदन दिनसक्ने छन् । तर, माग धेरै पर्ने भएकाले १० कित्ता मात्रै आवेदन दिन उपयुक्त हुनेछ ।

ग्रीन भेन्चर्सले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर १ र ३ तथा रामेछाप उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको ५२ दशमलव ४ मेगावाट क्षमताको ‘लिखु-४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

One thought on “ग्रीन भेन्चर्सको आईपीओ खुल्यो, कति कित्ता भर्ने ?

  1. प्राय कम्पनिले आफ्नै मान्छेलाई पार्छन भन्छन । बरू पहिल्यै उनीहरुलाई छुट्याए भयोनी । सर्बसाधारणलाई छुट्याएकोमा पारदर्शी तरीकाले चिठ्ठा खोलेर बितरण होस ।दश कित्ताका लागी पनि ठूलो संघर्ष गर्नु पर्ने ? पक्षपात नभए त्यै पनि ठिकैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *