पीएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, ज्ञानेन्द्र प्लेइङ ११ मा अटाएनन् – Nepal Press
आईसीसी विश्वकप लिग-२

पीएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, ज्ञानेन्द्र प्लेइङ ११ मा अटाएनन्

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल केही बेरमा सुरू हुँदैछ ।

नेपालले यसअघि खेलेका तीन खेलमध्ये एक खेल मात्र जित्न सफल भएको छ । पहिलो खेलमा पीएनजीलाई दुई विकेटले पराजित गरेको नेपालले त्यसपछिका दुई खेलमा खराब ब्याटिङका कारण यूएईविरुद्धका दुवै खेलमा पराजय बेहोरेको थियो ।

आजको खेलमा पीएनजीलाई हराउँदै सिरिजको सुखद अन्त्य गर्ने रणनीतिका साथ नेपाली टोली मैदान उत्रनेछ । नेपालले आजको म्याचमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई ड्रप गरेको छ । उनको स्थानमा भीम सार्कीले प्लेइङ ११ मा स्थान बनाएका छन् । यस्तै ओपनिङमा आसिफ शेख फर्किएका छन् ।

नेपालको प्लेइङ ११

सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, भीम सार्की, पवन सराफ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर