‘मुस्लिमविरोधि’ फिल्म ‘कश्मिर फाइल्स’ को प्रशंसा गर्दै आमिर खानले भने : हरेक भारतीयले हेर्नुपर्छ – Nepal Press

‘मुस्लिमविरोधि’ फिल्म ‘कश्मिर फाइल्स’ को प्रशंसा गर्दै आमिर खानले भने : हरेक भारतीयले हेर्नुपर्छ

काठमाडौं । इतिहासलाई तोडमोड गर्दै मुस्लिमलाई भड्काएको भनेर भारतमा चरम विवादित बनिरहेको फिल्म हो, कश्मिर फाइल्स । हिन्दूवादी सत्तारुढ दल भारतीय जनता पार्टीले समर्थन गरेको फिल्मले व्यापारिक रुपमा भने उच्च सफलता पाइरहेको छ ।

यो फिल्मलाई स्वतन्त्र समिक्षकहरुले पनि ‘मुस्लिम विरोधी’ मानेका छन् र मुस्लिम समुदायले फिल्मको विषयवस्तुलाई लिएर आपत्ति जनाइरहेको छ । तर, यही माहोलमा एक मुस्लिम अभिनेताले भने कश्मिर फाइल्सको प्रशंसा गरेका छन् । यो फिल्म हरेक हिन्दूस्तानीले हेर्नुपर्ने उनले बताए ।

आज आयोजित एक प्रेसमिटमा आमिरलाई यस फिल्मको विषयमा प्रतिक्रिया मागिएको थियो । आमिरले सबैलाई आश्चर्यमा पार्दै फिल्मको खुलेर प्रशंसा गरेका हुन् । उनले यो फिल्म आफूले पनि हेर्ने बताए ।

आमिरले भने, ‘कश्मिर फाइल्स म अवश्य हेर्ने छु । यो इतिहासको यस्तो हिस्सा हो, जसले हाम्रो दिल दुख्छ । कश्मिरका पण्डितहरुलाई जे भएको थियो, त्यो दुखद थियो । यस्तो विषयमा फिल्म बनेको छ, जुन हरेक हिन्दूस्तानीले हेर्नुपर्छ । हरेकले सम्झिनुपर्छ कि एउटा मानिसमा अत्याचार भयो भने के हुन्छ । यो फिल्म बनेको छ, जसले विश्वभरका मानिसको मन छोएको छ, जसले मानवतामा विश्वास गर्छन् । त्यसैले म यो फिल्म हेर्नेुछ ।’

उनले फिल्मले व्यापारिक सफलता पाएकोमा आफूलाई निकै खुशी लागेको समेत बताउन भ्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *