यूएईविरुद्ध नेपालको खराब सुरूआत, तीन ओभरमै गुमायो तीन विकेट – Nepal Press

यूएईविरुद्ध नेपालको खराब सुरूआत, तीन ओभरमै गुमायो तीन विकेट

काठमाडौं । जारी आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा खराब सुरूआत गरेको छ ।

टस जितेर पहिला फिल्डङ रोजेको नेपालले २ सय ३ रनको विजयी लक्ष्य पाएको छ । तर, उक्त लक्ष्य चेज गर्ने मैदानमा उत्रिएका सुरूआती क्रमका तीन ब्याटर तीन ओभर सकिन नपाउँदै आउट भइसकेका छन् ।

ओपनर कुशल भुर्तेल ५ रन, पवन सर्राफ २ र दिपेन्द्रसिंह ऐरी पहिलो बलमै पभेलियन फर्किएका हुन् । यूएईका जुनाइद सिद्दिकले दिपेन्द्र र पवनको विकेट लिए भने कासिफ डाउडले कुशको विकेट लिए ।

नेपाल ४ ओभरको समाप्तिमा १२ रन जोडेर खेलीरहेको छ क्रिजमा ज्ञानेन्द्र मल्ल र रोहित पौडेल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर