अर्थमन्त्रीको आश्वासन – बजेटमा कृषिलाई पहिलो प्राथमिकता – Nepal Press

अर्थमन्त्रीको आश्वासन – बजेटमा कृषिलाई पहिलो प्राथमिकता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

रुकुम सदरमुकाममा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले अर्थमन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरू गरेको जानकारी दिए ।

उनले प्रमुख सहरसँग ग्रामीण क्षेत्रको दूरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए ।

‘एउटा सहरबाट अर्को सहरको दूरी घटाउने योजना बनाएका छौं । उदाहरणका लागि काठमाडौंबाट पोखराको सडक दूरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेका छौं । अन्यत्र पनि यस्तै योजना बनाउँदैछौं’ उनले भने ।

शोधानान्तर घाटालाई बिस्तारै सुधार गर्दै लगेको तथा तरलता अभाव केही दिनभित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र बिस्तारै लयमा आउने अर्थमन्त्री शर्माले बताए ।

अहिले अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोडसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै त्यो रोक्ने काम पनि सुरू भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *