महालक्ष्मी विकास बैङ्कद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग – Nepal Press

महालक्ष्मी विकास बैङ्कद्वारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग गरेको छ । बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ को नाराला आत्मसाथ गर्दै विद्यालयलाई पानी ट्याङ्की र डस्टविन सहयोग गरेकाे हाे ।
बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साफेबगरको श्री सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको बैंकले जनाएकाे छ ।
बैंकले खानेपानीकालागी एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्यांक र डष्टविन विद्यालयलाई सहयोग गरेको हो ।  ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ को नाराला आत्मसाथ गर्दै  बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संचालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *