क्रिप्टोकरेन्सीमा प्रियंकाको लगानी ? सीआईबीले थाल्यो अनुसन्धान – Nepal Press

क्रिप्टोकरेन्सीमा प्रियंकाको लगानी ? सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सीको अनुसन्धानमा तानिएकी छन् ।

क्रिप्टोकरेन्सीमा उनले पनि लगानी गरेको आशयको एउटा विज्ञापन भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

सीआइबीको बोलावटपछि नायिका कार्की आज बयान दिन पुगेकी छिन् । सीआइबी प्रमुख धिरजप्रताप सिंहले राज्यले प्रतिबन्ध लगाएको काममा संलग्नता देखिएकाले बोलाएर सोधपुछ गरिएको जानकारी दिए ।

‘राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले उनलाई बोलाइएको हो’, डीआईजी सिंहले नेपाल प्रेससँग भने ।

सिंहका अनुसार ‘बिनान्स’ भन्ने किप्टोकरेन्सीको सामाजिक सञ्जालका पेजहरूमा राखिएको पाेस्टमा प्रियंकाकाे पनि लगानी रहेकाे उल्लेख छ ।

डीआईजी सिंहले थप अनुसन्धानपछि मात्रै निष्कर्षमा पुग्न सकिने बताए ।

नायिका कार्कीले नेपाल प्रेससँग कुरा गर्दै सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू त्यहाँ पुगेको बताइन् । आफू क्रिप्टोकरेन्सीमा संलग्न भने नरहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘कसैले मेरो तस्बिर प्रयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरेको रहेछ । यसबारे मलाई जानकारी छैन । तर, अनुसन्धानमा सहयोग गर्न बोलाइएकाले उपस्थित भएको हुँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *