क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा प्रियंका कार्कीसँग सीआइबीले गर्‍यो सोधपुछ – Nepal Press

क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा प्रियंका कार्कीसँग सीआइबीले गर्‍यो सोधपुछ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा नायिका प्रियंका कार्कीलाई बोलाएर सोधपुछ गरेको छ । आज उनलाई ब्युरोमै बोलाएर सोधपुछ गरिएको हो ।

नायिका कार्कीले ब्युरोले सहयोग मागेपछि आफू अनुसन्धानमा सहयोग गर्न गएको बताइन् । आफ्नो जानकारीबिना तस्बिर राखेर कसैले क्रिप्टोकरेन्सीको एप बनाएको उनको भनाइ छ ।

‘मेरो तस्बिर प्रयोग गरेर एक जनाले क्रिप्टोकरेन्सीको एप बनाएको रहेछ । हाम्रो देशमा जसले जे पनि गर्न पाउँछ के गर्ने ?’ उनले भनिन् ।

उक्त एपको विषयमा आफूलाई जानकारी नरहेको कार्कीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *