१४ अंकले घट्यो सेयर बजार – Nepal Press

१४ अंकले घट्यो सेयर बजार

काठमाडौ‌ं । आज १४ अंकले सेयर बजार घटेको छ । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१६ अंकमा आएको हो ।

साताको पहिलो दिन आज २ अर्ब २५ करोड ४६ लाख २६ हजार १ सय ९१ रुपैयाँको आज सेयर कारोबार भएको छ ।

२ सय २४ वटा कम्पनीको ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर खरिदविक्री भएको छ । बजार घटेको दिन पनि राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज सबैभन्दा धेरै सेयर खरिदविक्री नेपाल लाइफको भएको छ । सो कम्पनीकोे १६ करोड २९ लाख ४९ हजार ६ सय रुपैयाँको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *