सिंहदरबारभित्र हेल्थ डेस्क सुरु – Nepal Press

सिंहदरबारभित्र हेल्थ डेस्क सुरु

काठमाडाैं । सात हजार भन्दाबढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौँ सेवाग्राहीको भिड हुने सिंहदरबार परिसर भित्र वीर अस्पतालले हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।

२०७४/११/१६ मा स्थापना भएको उक्त स्वास्थ्य सेवा केन्द्र कोभिड—१९ सुरु भएपछि स्थानको अभावले डेस्क बन्द रहेकोको थियो ।

अहिले प्रधानमन्त्री कार्यालयको अनुरोधमा वीर अस्पतालले आजबाट देखि सुरु गरेको हो । हेल्थ डेस्कको उद्घाटन नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले गरे ।

वीरअस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा. डा. भूपेन्द्र बस्नेतले मुख्य सचिव वैरागी को स्वास्थ्य जाँच गरी सेवाको सुभारम्भ भएको हो ।

विहान १० बजे देखी दिउँसो ३ बजे सम्म वीर अस्पतालका दुई जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुनेछ ।

डेस्कमा अक्सिजन सहित वेड, स्वास्थ्य परीक्षण, ब्लड प्रेसर, सुगर, ड्रेसिङ लगायत जाँच गरिनेछ । यस्तैसुविधा सम्पन्न एम्बुलेन्स पनि हुनेछ ।

स्वास्थ्य परामर्श दिँदै आवश्यक औषधि समेत दिइने र स्वास्थ्य अवस्थाअनुसार सरकारी अस्पतालमा अपचारका लागि रेफर गर्ने तयारी पनि केन्द्रले गरेको छ ।

आवश्यकताका आधारमा मुटुरोग, मधुमेह, हाड जोर्नी तथा नशा रोग, नाक कान धाटी रोग, छाला, महिला रोग लगायत विशेषज्ञ चिकित्सकीय सेवा पनि दिने योजना रहेको सिंहदरबार हेल्थ डेस्कका प्रमुख वरिष्ठ स्वास्थ्यकर्मी दीपक मुडभरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *