श्रममन्त्री श्रेष्ठ र नेपाली बिजनेस काउन्सिल दुबईका पदाधिकारीविच भेटवार्ता – Nepal Press

श्रममन्त्री श्रेष्ठ र नेपाली बिजनेस काउन्सिल दुबईका पदाधिकारीविच भेटवार्ता

दुबई । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीले भेटवार्ता गरेका छन् । काउन्सिलका अध्यक्ष डा.असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।

वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकले विभिन्न समस्या झेल्दै आएको भन्दै आवश्यक सीप–दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित गर्न आफु प्रयत्नशील रहेको बताए । मन्त्री श्रेष्ठले विदेशमा नेपालीले आर्जेको सीप र पूँजी नेपाल भित्र्याउन सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए ।

नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनार्इ छ । व्यवसायीले युएईमा भिजिट भिसाबाट सिर्जित समस्याको उपचारमात्र होइन, निर्मुल नै पार्नुपर्ने बताएका थिए । भिजिट भिसा सम्वन्धी समस्या समाधानका लागि युएई सरकारसँग मिलेर काम गर्ने बताउदैँ मन्त्री श्रेष्ठले सकेसम्म युएई मै रोजगारी, ओभरस्टे भएर धेरै शुल्क बुझाउनुपर्ने भएकालाई मिनाहा गर्न र नेपाल लैजानैपर्नेलाई उद्धारमा सहयोग गर्ने प्रतिवद्धता युएई सरकारले जनाएको बताउनुभयो बताए ।

नेपाली बिजनेस काउन्सिलका पदाधिकारीले युएईमा ब्यापारको राम्रो अवसरका साथसाथै यसका चुनौतीका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । नेपाली बिजनेस काउन्सिल यूएईको दुबईमा व्यापार गरिरहेका नेपाली व्यावसायीको सरकारी निकायमा दर्ता भएको व्यापारिक संस्था हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *