थपिए ५१ जना कोरोना संक्रमित – Nepal Press

थपिए ५१ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ५१ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ९२ पीसीआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण भएको हो ।

शुक्रबार पनि कोरोनाबाट मृत्यु संख्या शून्य नै रहेको छ । त्यस्तै थप ३ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६२ हजार १ सय ७३ जना निको भएका छन् ।

हाल नेपालमा ३ हजार ९ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *