रुपन्देहीलाई पूर्ण खाेपयुक्त जिल्ला बनाउने तयारी – Nepal Press

रुपन्देहीलाई पूर्ण खाेपयुक्त जिल्ला बनाउने तयारी

रुपन्देही । रुपन्देहीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनाउन जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ ।

रुपन्देही जिल्लामा हालसम्म १२ वर्ष माथिका ८ लाख ३५ हजार ७९० जनसंख्या मध्ये ९९ प्रतिशतलाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइसकिएको छ । सोही उमेर समुहको ९३ प्रतिशतलाई दोस्रो मात्राको खोप पनि दिइएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

रुपन्देहीमा १६ स्थानीय तह छन् । त्यस्तै १२ वर्ष माथिको जनसंख्या ८ लाख ३५ हजार ७९० छ । त्यसमध्ये ८ लाख २ हजारलाई दोस्रो मात्रा खोप दिईसकिएको खोप अधिकृत शर्माले बताए ।

१६ स्थानीय तह मध्ये तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र मर्चवारी गाउँपालिकामा १२ वर्षभन्दा माथिका सबैलाई पहिलो र दोस्रो मात्रा खोप दिइएको छ । बाँकी १३ स्थानीय तहमा पनि १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप सुनिश्चितता गर्नको लागि जिल्ला स्वास्थ्य कार्यालयले ‘खोज र खोप अभियान’ अन्तरगत घरभेट कार्यक्रम सञ्चालन गरेको छ ।

चैत महिनाभित्रै रुपन्देहीलाई कोरोना बिरुद्धको पूर्ण खोप सुनिश्चितताको लक्ष लिईएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए । सोही अनुसार कार्यालयले ‘खोज र खोप अभियान’ सञ्चालन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *