यू–१८ महिला साफः बंगलादेशसँग हार्यो नेपाल – Nepal Press

यू–१८ महिला साफः बंगलादेशसँग हार्यो नेपाल

काठमाडौं । यू–१८ महिला साफ चयाम्पियनसिपको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ४–१ गोलको नतिजामा पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो ।

भारतको जम्सेदपुमा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन अफिदा खानदकेर, अक्मिला खातुन, इतु खातुन र साहदा अख्तर रिपाले गोल गरे । नेपालका लागि दीपा शाही र अमिसा कार्कीले गोल गरे ।

खेलको पहिलो मिनेटमै अफिदाको गोल मार्फत बंगलादेशले अग्रता लिएको थियो ।

नेपालकी दिपा शाहीले ३०औं मिनेटमा बराबरी गोल गरेकी थिइन् । त्यसको तीन मिनेट नबित्दै अक्मिलाले गोल गर्दै पुनः बंगलादेशलाई अग्रता दिलाइन् ।

खेलको ३५औं मिनेटमा इमी खातुनले गोल गरेसँगै बंगलादेशले दुई गोलको अग्रता बनाएको थियो ।

यस्तै, ४२औं मिनेटमा साहदाले गोल गर्दै बंगलादेशलाई पहिलो हफमा नेपाल विरुद्ध ४–१ ले अगाडी रहन मद्दत गरिन् ।
पहिलो हाफमा तीन गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हफमा भने थप गोल गर्न सकेन ।

खेलको इन्जुरि समयमा नेपालका लागि अमिसा कार्कीले गोल गरिन् । तर, उनको गोल नेपालका लगि जित निकाल्न पर्याप्त थिएन ।

पहिलो खेलमा आयोजक भारतसँग ७–०को लज्जास्पद हार बेहोरेको थियो ।

समूह चरणको खेल सकिँदा शिर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले तेस्रो खेलमा चैत्र ६ गते भारत र अन्तिम खेलमा आठ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर