रोहित र आरिफबीच सतकीय साझेदारी, सहज छैन स्थिति – Nepal Press

रोहित र आरिफबीच सतकीय साझेदारी, सहज छैन स्थिति

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक शृंखलाअन्तर्गत बुधबार पपुआ न्युगिनीविरुद्ध भइरहेको खेलमा रोहित पौडेल र आरिफ शेखले सतकीय साझेदारी गरेका छन् ।

२ सय ५ रनको लक्ष्य पछ्यारहेको नेपालले ३७।२ ओभरमा ५ विकेट गुमाएर एक सय ४४ रन जोडेको छ । रोहित पौडेल र आरिफ शेखबीच पाचौँ विकेटका सतकीय साझेदारी भयो । उनीहरुले एक सय २ रनको साझेदारी गरे।

नेपालले ४२ रन जोड्दा ४ विकेट गुमाएको अवस्थामा रोहितले आरिफसँग महत्वपूर्ण साझेदारी गरेका हुन् । रोहित पाचौँ विकेटका रुपमा ५८ रन जोडेर आउट भए । आरिफ ४६ रनमा खेल्दै छन् ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित पौडेलले चौथो अर्धसतक बनाएका छन् ।

रोहितले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ४ अर्धसतक बनाउने नेपाली ब्याट्सम्यानका रुपमा ज्ञानेन्द्र मल्लको कीर्तिमान पनि बराबरी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर