पीएनजीविरुद्ध नेपालको खराब सुरूआत – Nepal Press

पीएनजीविरुद्ध नेपालको खराब सुरूआत

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–टु अन्तर्गत त्रिदेशीय सिरिज अन्तरगत अहिले नेपालले पपूवान्यूगिनीको सामना गरिरहेको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित सारजहा क्रिकेट मैदानमा नेपालले खराब सुरुवात गरेको छ ।

९ ओभर खेल्दा नेपालले तीन विकेट गुमाईसकेको छ । ओपनर कुशल भुर्तेल पहिलो ओभरमा १ रनमात्र जोडेर पभेलियन फर्किएका थिए ।

यस्तै, ज्ञानेन्द्र मल्ल २.४ ओभरमा आउट भए । भने, दिपेन्द्रसिंह ऐरी ९.२ औं ओभरमा पभेलियन फर्किए ।

नेपाल अहिले ११. २ ओभरमा तीन विकेट गुमाउँदै २६ रन बनाएर खेलिरहेको छ । क्रिजमा आसिफ शेख र रोहित पौडेल रहेका छन् ।

पीएनजीले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर