यू–१८ महिला साफ च्याम्पियनसीपः भारतसँग नेपाल ७–० ले पराजित – Nepal Press

यू–१८ महिला साफ च्याम्पियनसीपः भारतसँग नेपाल ७–० ले पराजित

काठमाडौं । यू–१८ महिला साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपाल भारतसँग ७–० गोलको नतिजामा पराजित भएको छ ।

भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा भारतलाई जित दिलाउन लिन्डा कमले दुई गोल गरिन् । यस्तै, सुजिस पट्टेल, अपूर्णा नार्जारि, पूर्निमा कुमारी, सुनिता मुर्जा र नितु लिन्डा ले एक/एक गोल गरे ।

खेलको १४औं मिनेटमा सुजिस पट्टेलले गोल गर्दै भातलाई अग्रता दिाएकी थिइन् ।

त्यसको तीन मिनेट नबित्दै भारतको अग्रता दोब्बर पार्न लिन्डा कमले दोस्रो गोल गरिन् । खेलको ३५औं मिनेटमा लिन्डालेनै व्यक्तिगत दोस्रो गोल गर्दै भारलाई पहिलो हाफमा तीन गोलको अग्रता दिलाउन मद्दत गरिन ।

पहिलो हाफमा निरन्तर नेपाल माथि दवाव बनाएको भारतले दोस्रो हाफमा पनि नेपालमाथि दवाव बनायो । तुलनात्मक रुपमा नेपालको प्रदर्शन दोस्रो हाफमा पनि फितलो देखिएको थियो । केहि अवसर बनाएपनि नेपालले त्यसलाई स्कोरमा परिणत गर्न असफल रहयो ।

खेलको ६९औं मिनेटमा अपूर्णाले गोल गर्दै भारतलाई ४ गोलको अग्रता दिलाईन् । यस्तै, ७६औं मिनेटमा पूर्निमाले गोल गर्दै पाँच गोलको अग्रता कायम गरिन । त्यसको दश मिनेटपछि सुनिता मुर्जाले गोल गर्दै ६–० गोलले भारतको अग्रता बढाइन् । खेलको इन्जुरी समयमा नितु लिन्डाले गोल गर्दै भारतको जित ७–०ले सुनिश्चित गरिन् ।

जितसँगै भारतले तीन अंक जोड्दै तालिकाको शिर्ष स्थानमा रहेको छ ।

नेपाल, भारत र बंगलादेश गरी तीन देशको सहभागिता रहेको खेल डबल राउन्ड रोबिन पद्दतीमा आयोजना हुनेछ । समूह चरणको खेल सकिँदा शिर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

सन् २०१८ देखि सुरु भएको यो प्रतियोगिताको तेस्रो संस्करण हो। नेपाल पहिलो संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । यस्तै, दोस्रो संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो ।

नेपालले दोस्रो खेलमा चैत्र तीन गते बंगलादेश, पाँच गते भारत र ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर