यूएईले पीएनजलाई सात विकेटले हरायो – Nepal Press

यूएईले पीएनजलाई सात विकेटले हरायो

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-टु अन्तर्गत नेपाल सम्मिलित त्रिदेशिय सिरिजको पहिलो खेलमा यूनाईटेड अरब इमिरेट्स (यूएई) ले पपुवा न्यूगिनि (पीएन्जी) लाई ७ विकेटले पराजित गरेको छ ।

सारजहा क्रिकेट रंगाशालामा टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर १ सय ७६ रन मात्रै बनाउन सक्यो । १ सय ७७ रनको लक्ष्य युएईले ४४.३ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो ।

यूएईका लागि आसिफ खानले सर्वाधिक ८१ रनको अविजित इनिङ खेले । यस्तै, भित्रिया अराभिन्दले ४० रन, मोहमद वासिमले २२ रन जोडेर आउट भए । चुन्दानगापोयल रिजवान २६ रनमा अविजित रहे ।

पीएनजीको बलिङमा चाद सोपेरले दुई तथा नोराम भानुआले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको पीएनजीका लागि कप्तान अस्साद भालाले सर्वाधिक ४६ रन योगदान गरे । चारलेस अमिनि २३ रन, चाद सोपेर १८ रन, लेगा सिका १७ रन, हिरि हिरि १० रन र नोराम भानुवा ११ रन बनाएर आउट हुँदा सिमोन आती २५ र डोगोडो बाउ १६ रन जोडेर अविजित रहे ।

यूएईका बासिल हामिदले १० ओभरमा एक मेडनसहित सबैभन्दा धेरै चार विकेट लिए । यस्तै, अमेद राजाले दुई विकेट लिए । जुनाईद सिद्दिकी र जाहुर खानले समान एक एक विकेट लिए ।

जितसँगै १४ खेलबाट १८ अंक जोडेको यूएई तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १३ खेल खेलेको पीएन्जी जितविहिन रहँदै तालिकाको पुछारमा छ ।

भोली हुने दोस्रो खेलमा नेपाल र पीएनजी प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर