नेपालमा बढ्दै बालविकासको सारथी किडजीको क्रेज – Nepal Press

नेपालमा बढ्दै बालविकासको सारथी किडजीको क्रेज

काठमाडौं । भारतमा बिस्तार हुँदै गरेको किडजी (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन नेपालमा पनि वृद्धि भइरहेको छ । ७५० भन्दा बढी भारतीय सहर र नेपालका ४ सहरहरूमा २ हजारभन्दा बढी केन्द्रहरूको सञ्जालमा जोडिएको छ ।

किडजी बाल विकास तथा प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित रहेको कम्पनीले बताएको छ ।

किडजीले बाल विकास र शिक्षा क्षेत्रमा मापदण्डहरू स्थापित गरेको छ । प्रत्येक बच्चाको विशिष्टता र तिनीहरूको असीम क्षमतालाई स्वीकार गरेको किडजीसँग भारतको एक मात्र विश्वविद्यालय–प्रमाणित पूर्वस्कूल पाठ्यक्रम आइएलएलएमइको स्वामित्व छ ।

किडजीद्वारा २०२२ मा दुई नयाँ सेवाहरुहरू सञ्चालन हुँदैछ । नयाँ सेवाहरु घरमा बसेर आफ्नो बच्चाहरुलाई सिकाउन चाहने आमा बुवाहरुको लागि बनाइएको किट हो ।

यो ६ वटा बाकसहरूको सेट होः १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू र २ वर्ष ६ महिना देखि ४ वर्ष सम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू हुन्छन् ।

सबै बाकसहरूमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञहरूद्धारा प्रगतिशील रूपमा योजना गरिएका गतिविधिहरू छन् । यी गतिविधिहरूको योजना यस उमेरमा विकास गर्न आवश्यक पर्ने कौशलतामा केन्द्रित हुन्छ । सबै बाकसहरू साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरू, कौशल सोचमा केन्द्रित छन् । कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडिओहरू र बच्चाहरूको लागि राइम भिडिओहरू पनि समावेश छन् ।

किडजीले सन् २०१५ बाट नेपालमा आफ्नो सञ्चालन सुरु गरेको थियो । काठमाडौं, विराटनगर, चितवन र धरानमा ९ वटा प्रिस्कूलको नेटवर्कसँग काम गरिरहेको छ । किडजीले अब नेपालभर विस्तारको दोस्रो चरणमा प्रवेश गर्ने योजना बनाएको छ । हाल किडजीले काठमाडौंको मैतीदेवी, कलंकी, बौद्ध, बानेश्वर, सानेपा, सातदोबाटो र काठमाडौं बाहिर विराटनगर, धरान र चितवनमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *