महिलाले आफू खुसी बन्न यस्ता पुरुष चाहन्छन् (८ टिप्स) – Nepal Press

महिलाले आफू खुसी बन्न यस्ता पुरुष चाहन्छन् (८ टिप्स)

काठमाडौं । पुरुषको तुलनामा महिलाहरू आफ्नो भावना व्यक्त गर्न लाज मान्छन् । यस्तो अवस्थामा यदि तपाईं कुनै महिलालाई खुसी बनाउन चाहनुहुन्छ भने तपाईंका लागि केही कुराहरू जान्नु अति आवश्यक छ ।

धेरै पुरुषहरूलाई यो लाग्छ कि महिलाहरूलाई बुझ्न धेरै गाह्रो हुन्छ । संसारभरका सबै पुरुषहरूको यो समस्या नै हो । कुनै पनि सम्बन्धमा रहेपछि पुरुषले आफ्नो पार्टनरलाई खुसी पार्न धेरै कुरा गर्छन्, तर पनि उनीहरूलाई ‘इम्प्रेस्ड’ गर्न सक्दैनन् ।

महिलाको मनमा के चलिरहेको छ भन्ने कुरा पुरुषलाई थाहा नभएको कारण यस्तो हुन्छ । महिलाहरू यो चाहान्छन् कि आफ्नो भावना कसैलाई भन्नु नपरोस् र केही नभनी पुरुषले आफ्नो मनको कुरा बुझोस् ।

महिलाले पुरुष साथीबाट के चाहन्छन् ? हेर्नुस् केही टिप्स :

१. ख्याल राख्ने

महिलाहरूलाई यस्तो मान्छे धेरै मन पर्छ जसले उनीहरूको ख्याल राख्छ । खासगरी महिलाहरू कुनै चिजलाई लिएर दुःखी हुन्छन् । यस्तो अवस्थामा तपाईंको पार्टनरलाई काखमा राखेर हेरचाह गर्नुभयो भने उनीहरूलाई धेरै राम्रो महसुस हुन्छ । जब तपाईंलाई कसैलाई एक्स्ट्रा केयर गर्नुहुन्छ तब त्यो व्यक्तिले तपाईंलाई बढी माया गर्न थाल्छ ।

२. माया देखाउन केही विशेष गर्नुहोस्

हरेक महिलाको सपना हुन्छ कि उनको प्रेम कथा परी कथा जस्तै होस् । यस्तो अवस्थामा धेरै महिलालाई प्रेम व्यक्त गर्ने आधुनिक तरिका नभइ परम्परागत तरिका मनपर्छ । महिलाहरू चाहान्छन् की उनीहरूको लागि पार्टनरले सरप्राइज प्लान गरोस् । रोमान्टिक डेटमा जान महिलाहरू धेरै मन पराउँछन् । तपाईं आफ्नो पार्टनरलाई विशेष महसुस गराउन प्रेमसँग सम्बन्धित केही किताबहरू पनि उपहार दिन सक्नुहुन्छ ।

३. प्रशंसा गर्नुहोस्

महिलाहरू आफ्नो प्रशंसा अधिक सुन्न मन पराउँछन्, त्यसैले उनीहरूले अवसरको शान देख्ने पुरुषहरूलाई बढी मन पराउँछन् ।

४. आफ्नो कमजोरी लुकाउनु हुँदैन

महिलाहरू पुरुषलाई उनीहरूको रूप देखेर होइन मन हेरेर माया गर्छन् । उनी विचारशील र संवेदनशील मानिसलाई माया गर्छिन् । यस्तो अवस्थामा आफ्नो पार्टनरको अगाडि आफ्नो कुरा लुकाउनु हुँदैन । तपाईं जस्तो हुनुहुन्छ त्यस्तै बन्ने प्रयास गर्नुहोस् ।

५. जीवनमा हस्तक्षेप नगर्नुहोस्

महिलाहरूलाई यस्तो पुरुषहरू मन पराउँछन् जसले उनीहरूको कुरा ध्यानपूर्वक सुन्छ र उनीहरूको जीवनमा हस्तक्षेप गर्दैनन् । धेरै पुरुषहरूले आफ्नो जीवनमा धेरै हस्तक्षेप गरेको महिलाहरूलाई मन पर्दैन । उनीहरू आफ्नो समस्याको समाधान आफैं गर्न चाहान्छन् ।

६. महिलाका कुरा ध्यानपूर्वक सुन्नुस्

महिलाहरू यो चाहान्छन् की कुनै पुरुषसँग आफ्नो मनको कुरा गरिरहेकी हुन्छिन् तबअगाडिको व्यक्तिले उनको कुरा ध्यानपूर्वक सुनोस् । महिलाहरू यस्ता व्यक्तिहरूलाई पटक्कै मन पराउँदैनन् जो उनीहरूको कुरामा ध्यान दिँदैनन् । महिलाहरू यस्ता मानिसहरू मन पराउँछन् जसले उनीहरूको समस्या समाधान गर्न सक्छन् ।

७. कुरापिच्छे झगडा नगर्नुहोस्

महिलाहरूलाई धेरै झगडा गर्ने पुरुषहरू मन पर्दैन जसले कुरामा झगडा गर्छ र कुराको अन्तिममा पुग्नको लागि उनीहरू आफ्नो राम्रो सम्बन्ध समाप्त समेत गर्दछन् ।

८. मायाको बाटोमा बिस्तारै हिँड्नुहोस्

रिलेसनसिपमा हुँदा कतिपय पुरुषहरू शारिरीक सम्बन्ध बनाउन निकै हतारमा हुन्छन् । तर, महिलाको हकमा यस्तो हुँदैन । महिलाले पनि शारीरिक सम्बन्ध बनाउनुपर्छ तर उनीहरूको तरिका पुरुषको भन्दा फरक हुनेछ । महिलाहरू कसैसँग शारीरिक सम्बन्ध राख्नुअघि आफ्नो अगाडिको व्यक्तिलाई माया गर्न चाहन्छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *