दोहोरो अंकले घट्यो सेयर बजार, ३ अर्ब ३६ करोडको कारोबार – Nepal Press

दोहोरो अंकले घट्यो सेयर बजार, ३ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १७.१५ अंकले घटेको हो । ०.६४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५०.९७ अंकमा झरेको छ ।

आज ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २९ वटा कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेपाल दूरसञ्चार कम्पनी सबैभन्दा धेरै सेयर कारोबार भएको छ । ३४ करोड २३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सबैभन्दा धेरै सेयर मूल्य पनि सोही कम्पनीको घटेको छ । आज कम्पनीको ५.१३ प्रतिशतले सेयर मूल्य घटेको हो ।

कम्पनीले आज मात्रै बोनस घोषणा गरेको थियो ।
सबैभन्दा धेरै सेयर मूल्य इमर्जिङ नेपाल लिमिटेडको वृद्धि भएको छ । सो कम्पनीको आज ९.९८ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *