एनआईसी एसिया बैंकमा अझै पनि खाता खोल्नु भएको छैन ? यस्ता छन् फाइदै फाइदा – Nepal Press

एनआईसी एसिया बैंकमा अझै पनि खाता खोल्नु भएको छैन ? यस्ता छन् फाइदै फाइदा

काठमाडौं । मुलुकका बैंक तथा वित्तीय संस्थामा खोलिएका खाताको संख्या ३ करोड ९४ लाखबाट माथि लागिसकेको छ । मान्छेका अन्य धेरै आवश्यकता जस्तै बैंक खाता पनि अत्यावश्यक भइसकेको छ ।

तर, अहिलेको समयमा बैंकमा खाता खोल्नु ठूलो कुरा भएन । ठूलो कुरा त के हो भने कुन बैंकमा खाता खोल्दा कति फाइदा दिन्छन् भन्ने हो । त्यसैले, बैंक खाता खोल्नुभन्दा पहिला दशपटक सोच्नुहोस्– तपाईंलाई खाता खोले वापत बैंकहरूले के के फाइदा दिइरहेका छन् भन्ने ।

यदि तपाईंले एनआईसी एसिया बैंकमा अझै पनि खाता खोल्नु भएको छैन, भने तपाईं बैंकबाट पाउने धेरै फाइदाहरूबाट बन्चित हुनुहुन्छ । एनआईसी एशिया बैंकबाट पाउने फाइदा अन्य कुनै पनि बैंकबाट पाउन नसक्ने बैंकले बताएको छ।

बैंकको यसअघिको चमत्कारिक बचत योजनामा न्यूनतम २५ हजारको खाता खोलेर झापा, दमकका गजेन्द्रबिक्रम कटुवालले १० लाख रुपैयाँको बीमा भुक्तानी पाए । उनले आफू बिरामी भएपछि त्यसरी बीमा पाएपछि उनले छरछिमेकका धेरै जनालाई एनआईसी एशिया बैंकमा खाता खोल्नसमेत लगाए ।
कटुवालले जस्तै लाखौं नेपालीले एनआईसी एशिया बैंकलाई मनपराकै कारण २८ लाख २७ हजारभन्दा धेरैले खाता खोलिसकेका छन् । थपिने क्रम तीव्र छ ।

बीमामात्र होइन, एनआईसी एसिया बैंकका खातावालाले कैयन सेवा निशुल्क पाउँछन् । सहुलियत ब्याजदरमा औषत मौज्दातको दशगुणा सम्म कर्जा, होम वा आफिस बैंकिङको फाइदा, घर छेउमै बैंकको शाखा वा विस्तारित काउन्टर, जताततै एटीएम, बचत रकममै फिक्स्ड डिपोजिटको ब्याज पाइने, पोर्टफोलियो व्यवस्थापनमा ५० प्रतिशत छुटलगायतका फाइदा एन आई सी एशिया बैंकमा छन् ।

सहजताको हिसाबले हेर्ने हो भने ग्राहकको घर छेउमै शाखा वा विस्तारित काउन्टरहरू रहेका छन् । देशकै सबैभन्दा ठूलो सञ्जाल फैलाउँदै बैंकले मुलुकभर ३५८ शाखा स्थापना गरिसकेको छ । साथै, ९४ विस्तारित काउन्टर र ८१ शाखा रहित बैंकिङ सेवा छन् । एनआइसी एशिया बैंकका एटीएमहरू मुलुकका हरेक ठाउँमा रहेका छन् । ४७३ एटीएम शाखाबाट सेवा लिन सकिन्छ । बैंकका आफ्नै यी एटीएम शाखाबाहेक मुलुकभरका कुनै पनि कबैंकका एटीएम ४ हजारभन्दा शाखाबाट पूर्णरुपमा निःशुल्क सेवा लिनसकिन्छ ।

शाखा कार्यालयहरूमा प्रिभिलेज बैंकिङ सेवा पनि उपलब्ध रहेको छ । बैंकले होम बैंकिङ वा अफिस बैंकिङको फाइदासमेत उपलब्ध गराएको छ ।
बैंकले कात्तिक १ गतेदेखि ल्याएको सर्वश्रेष्ठ बचत खातामा २४ अतुलनीय र असीमित फाइदाहरू रहेका छन् । यस योजनामा बचत खाताबाट नै फिक्स्ड डिपोजिटको ब्याज आर्जन गर्न सकिने स्वीप इन र स्वीप आउटको फाइदा रहेको छ । यो स्वीप इन र स्वीप आउट फाइदा भनेको बचत खातामा न्यूनतम मौज्दातभन्दा बढी रकम हुँदा बित्तिकै उक्त धेरै भएको रकमले फिक्स्ड डिपोजिट बराबरको ब्याज पाउन थाल्छ ।

त्यस्तै, जेष्ठ नागरिकको लागि होम बैंकिङको फाइदा रहेको छ । साथै, पेन्सन आम्दानीको आधारमा कर्जा उपलब्ध हुने व्यवस्था छ । यस बचत योजनामा रहेक फाइदाहरू अन्य कुनै पनि बैंकसाग तुलना गर्न सकिदैन । एनआईसी एसिया बैंकका सबै सेवाहरू बैंकको मोबाइल एप (मोबैंक) र बैकको वेवासाइटको आइसर्भबाट लिन सकिन्छ ।

‘एनआईसी एसिया बैंकले पहिलेदेखि नै आकर्षक योजना ल्याइरहेको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने, ‘नयाँ ल्याएको सर्वश्रेष्ठ बचत खाता योजनामा कुनै पनि बैंकले नदिएको फाइदा हामीले ल्याएका छौं ।’

उनले भनेजस्तै एनआईसी एसिया बैंकले केही समयमात्र अघि ल्याएको सर्वश्रेष्ठ बचत खाताको गुडविल एम्बेस्डर खातामा यति धेरै फाइदा छन् ।

यो पनि पढ्नुहोस् :

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ ५ वर्षसम्म सबै सेवा निः शुल्क, ८४ लाखको बीमा

प्रतिक्रिया

One thought on “एनआईसी एसिया बैंकमा अझै पनि खाता खोल्नु भएको छैन ? यस्ता छन् फाइदै फाइदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *