नेपालमा पहिलोपटक वातावरणमैत्री इँटा उत्पादन – Nepal Press

नेपालमा पहिलोपटक वातावरणमैत्री इँटा उत्पादन

गोरखा । गोर्खाको पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ ।

गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु गरेको हो ।

नेपालमा अहिलेसम्म चिम्नीको प्रयोगबाट पोलेको इट्टा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नी बीना नयाँ प्रविधि मार्फत इन्नोसीएसआरले उच्च प्रविधिको प्रयोगबाट नपोलिएको इट्टा उत्पादन शुरु गरेको छ । उक्त कम्पनीले नेपालमा पूर्वाधार निर्माणको लागि असल इट्टा पद्दतिबाट प्रविधि तथा वातावरणमैत्री इट्टा उत्पादन गर्न शुरु गरेको बताएको छ ।

कोरियामा सन् २००८ मा स्थापना भएको इन्नोसीएसआर कम्पनी नेपालमा २०१८ आएको थियो । अहिले उक्त कम्पनीले नयाँ प्रविधिबाट अहिलेसम्म कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स र चीनमा गरी पाँच देशबाट इँटा उत्पादन शुरु गरिसकेको छ ।

कम्पनीका सञ्चालक विकास श्रेष्ठले नेपालमा पनि कोरियन प्रविधिको प्रयोगबाट बिना आगोमा नपोली इट्टा उत्पादन शुरु गरिएको बताए । उनले नेपालमा चिम्नी मार्फत इँटा उत्पादन गर्ने गरेकाले वातावरण प्रदुषण गर्ने गरेकाले थोरै भए पनि वातावरण प्रदुषण कम गरौं पूर्वाधार निर्माणमा नयाँ प्रविधि युक्त वातावरण मैत्री इँटा प्रयोग बढाउने उदेश्यले इँटा उत्पादन शुरु गररिएको दाबी गरे । उनले सरकारसँग वातावरण मैत्री इँटा ठूला पूर्वाधार निर्माण प्रयोग बढाउने विषयमा समन्वय गर्ने काम भइरहेको बताए ।

त्यस्तै, कम्पनीका अर्का सञ्चालक हरिराम श्रेष्ठले कम्पनीले उत्पादन गरेको इट्टा गाच्छेपानी र लमजुङमा ढुवानी हुने गरेको बताए । उनले धेरै खालका मानिसहरु उद्योगको विषयमा बुझ्न आउँदा नाफा र बजारको विषयमा कुरा उठाउने गरेको बताए ।

सञ्चालक श्रेष्ठले कम्पनीले रकम अभावको कारण धेरै काम गर्न नसकेको बताए । उनले अहिले इट्टाको रङलगायत अन्यमा विभिन्न प्रतिक्रिया भन्दा बाहेक अन्य गुनासो नभएकाले बजारको प्रतिक्रिया सकारात्मक रहेको बताए ।

त्यस्तै कम्पनीका इन्जिनियर रमेश न्यौपानेले परिक्षण गरेको माटोमा सिमेन्ट र सोयल स्टेवलाइजर मिसाएर नयाँ प्रविधि मार्फत इँटा उत्पादन गरिनेएको बताए ।

उनले इँटा उत्पादन गर्दा ९० प्रतिशत माटो बाँकी सिमेन्ट प्रयोग गर्ने गरिएको जानकारी दिए । यो इँटा उत्पादन गर्दा आगोमा पोल्नु पर्दैन त्यसले गर्दा वातावरण प्रदुषण कम हुने तथा उद्योगको लागि सानो जग्गामा पनि इँटा उत्पादन गर्न सकिने उनको भनाई छ ।

नेपालमा सन् २०१८ बाट इन्नोसीएसआरले इँटा उद्योग स्थापना गरे पनि कोरोना महामारीको कारण उत्पादन गर्न नसेको तर पछिल्लो ४ महिनामा १० लाख इँटा बजारमा पठाएको कम्पनीले बताएको छ ।

कम्पनीले ९० प्रतिशत माटो, ९.८ प्रतिशत सिमेन्ट र ०.२ माटो स्टेबलाइजरको मिश्रणबाट स्वचालित मेसिनबाट इट्टा उत्पादन गर्ने गरेको छ । यस्तो इँटा उद्योग वातावारणमैत्री, सानो जग्गामा सहजै उत्पादन हुने र ध्वानी प्रदुषण पनि कम गर्ने कम्पनीले बताएको छ ।

कोरियन प्रविधिको प्रयोगबाट स्वचालित मेसिनबाट प्रतिघण्टा ३५ सय इट्टा उत्पादन गर्ने सकिने कम्पनीले बताएको छ । कम्पनीले उत्पादन गरेको इट्टामा ९ देखि ९.५ एमपीए रहेकाले गुणस्तरिय रहेको कम्पनीले बताएको छ ।

कम्पनीले उत्पादनसँगै उद्योग सञ्चालन गर्ने चाहने व्यक्तिलाई पनि उद्योग सञ्चालनका लागि सहयोग गर्ने बताएको छ । आगोमा नपोको इँटा चिम्नी मार्फत उत्पादन गरिएको इँटा जस्तै ५० देखि ६० वर्षको आयु हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *