नेप्सेमा ‘पोजेटिभ सेन्चुरी’, ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट – Nepal Press

नेप्सेमा ‘पोजेटिभ सेन्चुरी’, ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार सयभन्दा बढी अंकले बढ‍ेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारको सुरुवाती दिन १०१. ०७ अंकले बढेको हो । यसअघि लगातार घटेको नेप्से गत साताको अन्तिम कारोबार दिनमा ५२ अंकले बढेको थियो ।

३.९४ प्रतिशतले बढेको नेप्से २६६७.९७ विन्दुमा पुगेको छ। ९० लाख २२ हजार ८ सय ९० कित्ता सेयर खरिद विक्री हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३ सय ८७ रुपैयाँको कारोबार भएको छ ।

उपसमूहअन्तर्गत लाइफ इन्सुरेन्सको सूचक झन्डै ७ प्रतिशतले बढेको छ । नन लाइफ इन्सुरेन्स, होटल तथा टुरिजम, फाइनान्स र म्यानुफ्याक्चर एन्ड प्रोडक्सनको सूचक ५ प्रतिशतले बढेको छ ।

लगानी, विकाश बैंक र व्यापार उपसमूहको सूचक झन्डै साढे ४ प्रतिशतले बढेको छ । एसियन लाइफ इन्सुरेन्स, ज्योती लाइफ इन्सुरेन्स, सानिमा लाइफ इन्सुरेन्स, इमर्जिङ नेपाल लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो ।

अपि पावर कम्पनीको ५ लाख ८६ हजार २ सय ८७ कित्ता सेयर कारोबार हुँदा आइसीएफसी फाइनान्सको तीन लाखभन्दा बढी तथा शिभम सिमेन्ट, जलविधुत् विकाश कम्पनी, अरुण भ्याली हाइड्रो पावर र निफ्राको २ लाखभन्दा बढी कित्ता सेयर खरिद विक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *