सेयर बजारमा हरियाली, दुई घण्टामा ९२ अंकले बढ्यो – Nepal Press

सेयर बजारमा हरियाली, दुई घण्टामा ९२ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार कारोबार समय सुरु भएको करिब दुई घण्टामा नेप्से ९२ अंकले बढेको छ।

एक बजेर २५ मिनेटसम्म नेप्से बढेर २ हजार ६ सय ५८ विन्दुमा पुगेको छ। नेप्से ३.५९ प्रतिशतले बढेको हो। करिब ६६ लाख ५७ हजार सेयर कित्ता खरिद विक्री हुँदा ३ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ।

ज्योती लाइफ इन्सुरेन्सको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भइरहेको छ। लाइफ इन्सुरेन्सको ६ प्रतिशतले, विकाश बैंक समूहको ५ प्रतिशतले, फाइनान्सको पनि करिब ५ प्रतिशतले, नन लाइफ इन्सुरेन्सको ४ प्रतिशतभन्दा बढीले सूचक बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *