कोरोना अपडेट : ७३ जनामा कोरोना संक्रमण, १ सय संक्रमणमुक्त – Nepal Press

कोरोना अपडेट : ७३ जनामा कोरोना संक्रमण, १ सय संक्रमणमुक्त

काठमाडौं । नेपालमा शनिबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय ३८ पीसीआर परीक्षण गर्दा ३० जना र २ हजार ८ सय २४ एन्टीजेन परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयको भनाई छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै थप १ सय ९२ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ८ सय ७८ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ५० सक्रिय संक्रमित आइशोेलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *