आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि – Nepal Press

आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर गरिएको ५ हजार ६ सय ७ पीसीआर परीक्षण गर्दा ६२ जना र २ हजार ३ सय ७४ एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ सय ८९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६ सय ८६ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय १२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *