मिस वर्ल्डको ग्राण्ड फिनालेमा भाग लिन अमेरिका हिँडिन् नम्रता (तस्बिरहरु) – Nepal Press

मिस वर्ल्डको ग्राण्ड फिनालेमा भाग लिन अमेरिका हिँडिन् नम्रता (तस्बिरहरु)

काठमाडौं । मिस वर्ल्डको ग्रान्ड फिनालेमा भाग लिन नेपालकी सुन्दरी नम्रता श्रेष्ठ अमेरिका प्रस्थान गरेकी छन् । कोरोना भाइरसको महामारीले रोकिएको यो वर्ल्ड इभेन्टमा ४० जना प्रतिस्पर्धीले सहभागिता जनाउन पाएकोमा त्यसमा नम्रता पनि छानिएकी थिइन् ।

आगामी मार्च १६ र १७ मा हुने ब्यूटी विथ प्रपोजको प्रिजेन्टेसनमा नम्रताले भाग लिने छिन् । यस्तै १८ मार्चमा न्यूयोर्क जाने तथा २० मार्चमा नेपाल फर्किने तालिका छ । यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाउन पाउनेछन् ।

नम्रता यसअघि नै हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा पुगिसकेकी छन् । कुल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जनालाई फाइनलमा सहभागी गराउन लागिएको हो । अरुलाई भने भर्चुअलरुपमा सहभागी गराइने भएको छ ।

आज बेलुकी विमानस्थलमा नम्रताको विदाइ गरिएको थियो । विदाइको क्षणमा उनी उत्साहित देखिएकी थिइन् । आउँदो मार्च १६ मा मिस वर्ल्डको ग्रान्ड फाइनल हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *