बी डिभिजन लिग : वीरगञ्ज युनाईटेड र खुमलटार युथ क्लब – Nepal Press

बी डिभिजन लिग : वीरगञ्ज युनाईटेड र खुमलटार युथ क्लब

काठमाडौं । वीरगञ्ज युनाईटेड र खुमलटार युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा बुधबार आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै तालिकामा तीन अंक जोडेका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वीरगञ्ज युनाईटेडले सामाजिक युथ क्लब र खुमलटारले बाँसबारी क्लबमाथि समान १-० जित निकाल्दै तालिकामा तीन अंक जोड्न सफल भएका हुन ।

दिनको दोस्रो खेलमा बीरगञ्ज युनाईटेडलाई सामाजिक युथ क्लबविरुद्ध जित दिलाउन कृपा कान्त महतो थारुले ७१औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए ।

जितसँगै बीरगञ्जले ३ खेलबाट ४ अंक जोडेको विरगंज चौथों स्थानमा उक्लिएको छ । यता ३ खेलमा केवल १ अंक जोडेको सामाजिक युथ १४ टिम सम्मिलित लिग तालिकाको पुछारमा पुगेको छ ।

बी डिभिजन लिग अन्तर्गत बुधबारै सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीविरुद्ध जित निकाल्न खुमलटारले ३०औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो ।

कप्तान सविन केसीले गोल गर्दै टोलीलाई पहिलो हाफमा दिलाएको अग्रता नै स्पष्ट तीन अंक जोड्नका लागि पर्याप्त भएको थियो । यससँगै खुमलटारले जारी लिगमा दोस्रो जित निकालेको छ ।

तीन खेलबाट ६ अंक जोड्दै खुमलटार लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बाँसबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बाँसबारीले तीन खेलमा केवल १ अंक जोडेको छ ।

बी डिभिजन लिग अन्तर्गत दिनको तेस्रो खेलमा चर्चब्वाईजले मध्यपुर युथ एसोसियनलाई २-० गोल अन्तरले पराजित भयो । चर्च ब्वाईजका आशिष चौधरीले ४३औं मिनेटमा गर्दै टोलीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफमा दोस्रो मिनेटमा नै गोल गर्दै चर्चब्वाईजले गोल गर्दै लिएको अग्रता नै जितका लािग पर्याप्त बन्यो । कुबेर न्यौपानेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । यस जितसँगै चर्च ब्वाईजले तीन खेलबाट ९ अंक जोडेको छ । पराजित मध्यपुरको तीन खेलबाट ३ अंक छ ।

लिगमा बिहीबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल श्री कुमारी क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) तथा दोस्रो खेल टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

१४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ए लिगमा बढुवा हुने छन भने पुछारका दुई टोली सी डिभिजनमा घटुवा हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर