बालबाटिका क्रिकेट लिग-३ को उपाधी बालबाटिकालाई – Nepal Press

बालबाटिका क्रिकेट लिग-३ को उपाधी बालबाटिकालाई

कैलाली । विद्यालयस्तरीय बालबाटिका क्रिकेट प्रतियोगिताको उपाधि आयोजक बालबाटिका विद्या मन्दिर बौनियाले जितेको छ ।

कैलाली लम्कीको गुरुकुल इङलिस मेडियम स्कुललाई ५ विकेटले पराजित गर्दै आयोजक बालबाटिकाले प्रतियोगिताको तेस्रो संस्करणको उपाधि उचालेको हो ।

मुडा स्थित खेलमैदानमा बुधबार भएको फाइनलमा गुरुकुल लम्किले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा आयोजक बालबाटिकाले १९ ओभरमा ५ विकेट गुमाउँदै जित दर्ता गर्न सफल भएको हो ।

बालबाटिकाका दिपक बोहराले ५० रन र नरेन्द्र सार्किले ३५ रनको योगदान गरे । यस्तै, कमल कुँवरले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ गुरुकुलका ३ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको गुरुकुल एकाडेमिले सत्यवती एकेडेमीले १८.३ ओभरमा अल आउट हुँदै १ सय ३३ रन बनाएको थियो । गुरुकुल एकाडेमिका सुनिल भण्डारीले ५६ रन र बसन्त सिंह कार्कीले ३१ रनको योगदान गरे ।

बालबाटिकाका बलर सुबोध अएरले ३, नरेन्द्र सार्की, कमल कुँवर र लक्ष्मण बि क ले २/२ बिकेट लिए । आज नरेन्द्र सार्की म्यान अफ द म्याच बन्न सफल भए ।

उपाधिसँगै आयोजक बालबाटिकाले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको गुरुकुल लम्किले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बालबाटिकाका बसिर अहमद भए । उनले १६ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, उत्कृष्ट ब्याट्सम्यान बालबाटिकाका दिपक बोहरा र उत्कृष्ट बलर बालबाटिकाका लक्ष्मण विक. भए ।

उदीयमान खेलाडीको उपाधि बालबाटिकाका कमल कुँवरले पाए । यी तीनै विधाका विजेताले १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

बालबाटिका विद्या मन्दिर बौनियाको आयोजनामा १७ फागुनबाट सुरु भएको प्रतियोगितामा कैलाली, कञ्चनपुर गरि ८ वटा विद्यालयको टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर