नेपालका दीपेन्द्र आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा
नेपाल प्रेस
२०७८ फागुन २५ गते १६:५६
काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी फेब्रुअरी महिनाका लागि आईसिसी प्लेयर अफ दी मन्थको मनोनयनमा परेका छन् ।
आईसीसीले बुधबार उक्त अवार्डका लागि तीन जनाको मनोनयन सार्वजनिक गरेको हो ।
यूएईका अरित्या अरविन्द र भारतका श्रेयस अय्यर पनि प्रतिस्पर्धामा छन् ।
ओमानमा सम्पन्न टी-२० विश्वकपको विश्वस्तरको छनोटमा दीपेन्द्र लयमा देखिएका थिए ।
उनलाई भोट गर्न यहाँ क्लिक गर्नुहाेस् ।
प्रतिक्रिया