बालबाटिका क्रिकेट लिग : उपाधिका लागि बालबाटिका र गुरुकुल भिड्दै – Nepal Press

बालबाटिका क्रिकेट लिग : उपाधिका लागि बालबाटिका र गुरुकुल भिड्दै

कैलाली । बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु–१९ विद्यालय स्तरीय टि–ट्वान्टी प्रतियोगिताको उपाधीका लागि गुरुकुल इङलिस मेडियम स्कुल र बालबाटिका विद्या मन्दिरबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा गुरुकुलले लिटिल बुद्ध महेन्द्रनगरलाई ७९ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । यसै गरि आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बालबाटिका विद्या मन्दिरले कर्णाली मावि टिकापुरलाई ४५ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

बालबाटिकाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो । बालबाटिकाका लागि यु–१९ खेलाडी नरेन्द्र शार्किले ५३ रनको योगदान दिए । कर्णालीका अभिषेक शाहिले ४ विकेट लिए । १ सय ४६ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कर्णाली मावि टिकापुरले १८.३ ओभरमा अल आउट हुँदै १ सय रन मात्र बनाउन सक्यो । कर्णालीका लागी लक्की कठायतले ३९ रनको योगदान गरे । बालबाटिकाका लागी लक्ष्मण बिक ले ५ विकेट लिए । उनी म्यान अफ द म्याच बने ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले १६ हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलर र उदयिमान खेलाडिले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । फागुन १७ गतेबाट संचालन भएको प्रतियोगिता फागुन २५ गते समापन हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर