पुजा शर्माले सार्वजनिक गरिन् नयाँ प्रेमी, विवाहको चर्चा – Nepal Press

पुजा शर्माले सार्वजनिक गरिन् नयाँ प्रेमी, विवाहको चर्चा

काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हिट भएसँगै नायिका पुजा शर्माले नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमा युद्ध बानियासँगका रोमान्टिक तस्वीरहरु सेयर गर्दै उनले प्रेमको स्वीकारोक्ति दिएकी हुन् ।

जानकारहरुका अनुसार करिब एक वर्षदेखि पुजाले युद्धसँगको प्रेमलाई युद्धस्तरमा अगाढि बढाइरहेकी छन् । कोरोनाका कारण चलचित्रका गतिविधिहरु न्युन भएकाले उनीहरुलाई प्रेम गर्न प्रशस्त समय मिलेको थियो । अब भने उनीहरु प्रेमलाई विवाहमा परिणत गर्ने योजना बुन्न थालेको बुझिएको छ ।

हेटौंडा निवासी व्यवसायी युद्ध फिटनेसमा रुची राख्छन् । फिटनेससँग सम्वन्धित सामानहरु विक्री गर्ने बटरबक्स नेपाल नामको कम्पनी छ उनको । उनी यदाकदा मोडलिङमा पनि देखिने गरेका थिए ।

युद्धभन्दा अघि नायक आकाश श्रेष्ठसँग नजिक थिइन् पुजा । पुजा युद्धसित लहसिन थालेपछि आकाशसँग उनको सम्वन्ध चिसियो । कुनै समयको निकै चर्चित यो जोडीका रुपमा रहेका उनीहरु आजकाल एक–अर्कासँग तर्किएर हिँड्छन् । आकाशभन्दा अगाडि पुजाको प्रेम सुदर्शन थापासँग थियो । सुदर्शनले हालै अर्की युवतीसँग विवाह गरेका छन् ।

नयाँ प्रेमीसँग भने पुजाले विवाह नै गर्ने सोचेको निकटस्थको भनाइ छ । उनीहरुबीच चाँडै ईंगेजमेन्ट हुन सक्ने बताइएको छ । यद्यपि, दुवैले यस विषयमा बोलेका छैनन् ।

तस्वीर सेयर गर्ने क्रममा पुजाले ‘यु आर द वान’ भन्दै युद्धलाई प्रेमीका रुपमा चिनाएकी छन् । केही दिनअगाडि पनि उनले आपूmलाई कठिन समयमा साथ दिएको भन्दै युद्धप्रति आभार व्यक्त गरेकी थिइन् ।

यतिबेला पल शाह प्रकरणलाई लिएर पुजा तीव्र विवादमा मुछिएकी छन् । पल शाहको बचाउमा खुलेआम अभिव्यक्ति दिने काम गरेपछि उनलाई केही नायिकाहरुले आफ्नो फ्रेन्ड लिस्टबाटै हटाएको चर्चासमेत छ । यस्तो बेला युद्धले पनि पुजालाई बलियो साथ दिइरहेका छन् । उनी हेटौडामा म यस्तो गीत गाउँछु को प्रदर्शन हुँदा पुजासँग त्यहीँ पुगेका थिए ।

युद्ध र पुजाको प्रेमका विषयमा केही महिना अगाडिदेखि गसिप सुरु भएको थियो । तर, पुजाले स्वीकारेकी थिइनन् । आफ्नो जीवनमा कोही पुरुष आएको तर समय आएपछि मात्रै सार्वजनिक गर्ने उनले बताएकी थिइन् । अन्ततः फ्यानहरुको कौतिहल उनले मेटाइदिएकी छन् । अबका दिनमा विभिन्न युट्यूव च्यानलमा पुजा र युद्धको प्रेमापालसहितको अन्तरवार्ता सार्वजनिक हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *